मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १३ शुक्रबार १२:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसदले गरे पुनः संसद् अवराेध, प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेता ओलीले पूर्वाग्रह राखी झुटाे सम्बाेधन गरेकाे मन्त्री बडूकाे टिप्पणीपछि एमाले सांसद्काे अवराेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १३ शुक्रबार १२:१२:००

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले आयल निगमलाई सरकारले खारेज गर्न लागेको निराधार आरोप लगाएको बताएका थिए।

ओलीको सो अभिव्यक्ति झुटाे, निराधार र पूर्वाग्रही रहेको भन्दै उनले आपत्ति प्रकट गरे। सो क्रममा ओलीप्रति गरिएको टिप्पणीका कारण एमाले सांसदहरूले बैठक अवरोध गरेसँगै १५ मिनेटका लागि स्थगित भएको हो।

मन्त्री बडूले भनेका थिए, ‘कुन आधारमा भनियो नेपाल आयल निगमलाई खारेज गरिएर कमिसन खाएर, आधा कमिसन खायो, आधा कमिसन बाँकी छ भन्नेजस्तो झुटा, निराधार, पूर्वाग्राही नै हो त्यो अभिव्यक्ति। त्यो अभिव्यक्ति प्रतिपक्षी दलको नेताले आधारहीन र झुटा आरोप लगाएको छ। यो आरोप खेदजनक छ। र, यसको हामी विरोध गर्छौँ। यो आपत्तिजनक छ। यो आधारहीन छ। झुटाे छ र पूर्वाग्रही छ।’

एमाले सांसदहरूले विपक्षी दलका नेतामाथि गरेको टिप्पणी संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।