मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुदीप शिवाकोटी नयाँ पत्रिका
२०७९ जेठ १३ शुक्रबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशको बजेट निर्माण सुस्त

Read Time : < 1 मिनेट
सुदीप शिवाकोटी, नयाँ पत्रिका
२०७९ जेठ १३ शुक्रबार ०७:३२:००

मन्त्रीदेखि दलका नेता निर्वाचनमा खटिएपछि बजेट निर्माण प्रभावित

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा स्थानीय तह निर्वाचनले प्रभाव पारेको छ । मन्त्रालयका मन्त्री, दलका नेताहरू आफ्नो पार्टीलाई जिताउन एक महिनाअघिदेखि निर्वाचन क्षेत्रमा केन्द्रीत हुँदा बजेट निर्माणमा प्रभाव परेको हो । 

मन्त्री, नेताहरू पार्टी जिताउन केन्द्रीत र कर्मचारी निर्वाचनको तयारी, मतदान केन्द्र र मतगणनामा खटिँदा बजेट निर्माणको तयारीसमेत अघि बढ्न सकेको छैन । १ असारमा बजेट ल्याउनका लागि अघिल्ला आर्थिक वर्षहरूमा डेढ महिना अघि देखिनै तयारी सुरु हुने गरेको थियो । तर, बागमती प्रदेशमा जेठको दोस्रो सातासम्म बजेटको तयारी शून्य छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षका लागि बजेट तयारी अघि बढेको बताए । उनले स्थानीय तह निर्वाचनको प्रभावका कारण बजेटको तयारी अझै अघि बढ्न नसकेको प्रतिक्रिया दिए । 

‘मन्त्रालयहरूमा चालु आव २०७८/०७९ को आधारमा बजेटको सिलिङ् पठाइएको छ । सिलिङ पठाउँदैमा बजेट तयारीले कुनै प्रभाव पार्दैन ।’ मन्त्री जम्कट्टेलले भने, ‘बजेट तयारीको लागि डेढ महिना ढिलाइ भइसकेको छ । अघिल्ला आर्थिक वर्षहरूमा चैतबाटै नयाँ बजेटको तयारी सुरु गरिन्थ्यो तर, यो वर्ष स्थानीय तहमा सबै केन्द्रीत हुँदा समस्या भयो ।’ उनले आफु पनि निर्वाचनमा केन्द्रीत भएका कारण बजेट निर्माण तयारीमा ढिलाइ भएको स्वीकार गर्दै बजेटबारे यो पटक अस्तव्यस्त नै भएको बताए । 

१५ जेठमा प्रदेशले आगामी नीति तथा कार्यक्रम ल्याएपछि २२ जेठका लागि स्रोत निर्धारण समितिको बैठक बोलाइएको छ । स्रोत निर्धारण समितिको बैठक पछि मात्र बजेटबारे औपचारिक तयारी अघि बढ्ने र निरन्तर छलफलसँगै योजना छनोटसमेत गरिनेछ । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि पनि सहज हुने र बजेटको आकार निर्धारण गर्न सकिने मन्त्री जम्कट्टेलले बताए ।