मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १३ शुक्रबार ०७:२८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पल शाहको पेसी चौथोपटक सर्‍यो

Read Time : > 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०७:२८:००

बलात्कार अभियोगमा थुनामा रहेका कलाकार पल शाहले साधारण तारेख मागी उच्च अदातल पोखरामा दिएको निवेदनको पेसी चौथोपटक सरेको छ । बिहीबार पनि शाह पक्षको आग्रहमा पेसी सरेको हो । 

जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएपछि शाहले गत १५ चैतमा साधारण तारेख माग्दै उच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमाथिको अर्को पेसी १९ जेठमा तोकिएको छ । शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले विविध प्राविधिक कारणले आफूहरूले पेसी सार्न आग्रह गरेको बताए । शाह पक्षको आग्रहमा यसअघि दुईपटक र एकपटक स्थानीय तह निर्वाचनको कारण पेसी सरिसकेको छ । 

म्युजिक भिडियो सुटिङका क्रममा चिनजान भएपछि विवाह गर्ने भनी प्रेमको झुटो आश्वासन दिएर पटक–पटक करणी गरेको अभियोगमा शाह थुनामा छन् । पीडित नाबालिगले गत ११ फागुनमा आफैँ उपस्थित भएर जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि अदालतमा भएको थुनछेक बहसपछि १० चैतमा शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो ।

त्यसपछि शाहले १५ चैतमा साधारण तारेख मागी उच्च अदालतमा निवेदन दिएका थिए । शाहले निवेदन दिएको भोलिपल्टै १६ चैतमा निवेदनमाथि उच्च अदालतमा प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन मगाउन आदेश दिएको थियो । त्यसको एकसातापछि अदालतले जिल्ला अदालत नवलपुरबाटसमेत कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो । 

आदेश दिएको एक महिनापछि १५ वैशाखमा तनहुँबाट आएको प्रतिवेदन न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको इजलासमा पेस भएको थियो । इजलासले तनहुँ र नवलपुरको कैफियत प्रतिवेदन एकैसाथ पेस गर्न आदेश दियो । त्यस दिन तनहुँबाट मात्र प्रतिवेदन आएको र नवलपुरबाट आइनसकेकाले इजलासमा तनहुँको प्रतिवेदन मात्र पेस गरिएकोमा नवलपुरबाट प्रतिवेदन आएपछि दुवैलाई एकसाथ पेस गर्न इजलासले आदेश दिएको रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।