१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १२ बिहीबार १८:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय कवि शाण्डिल्यलाई राष्ट्रिय साहित्य सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १२ बिहीबार १८:३८:००

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र राष्ट्रिय साहित्य प्रतिष्ठानले भारतीय कवि नरेश शाण्डिल्यलाई बिहीबार काठमाडौंमा सम्मान गरेका छन् । उनलाई राष्ट्रिय साहित्य सम्मान गरिएको हो । राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले पनि उनलाई सम्मान गरेको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्तीलगायत सहभागी थिए ।

साहित्यकार भट्टराईले यसप्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवं सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए । 
कार्यक्रममा नेपाल–भारत कवितावाचन पनि भएको थियो । भारतीय राजदूतावासका अनुसार कार्यक्रममा नेपाली, हिन्दी, उर्दू, अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे ।

साहित्यकारहरू राजेन्द्र शलभ, स्नेह सायमी, उर्दू प्रतिष्ठानका अध्यक्ष इम्तिहाज बफा, डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर बेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. विनोदकुमार विश्वकर्मा, डा. वासुदेव काफ्ले, त्रिभुवनचन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्टले कविता वाचन गरेका थिए । 

कवि शाण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोगका बारेमा जानकारी दिएका थिए । उनले पनि दोहा तथा गजल वाचन गरेका थिए । राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरेका थिए ।