१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ १२ बिहीबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा नातिद्वारा हजुरआमाको हत्या, बेपत्ता एकको शव फेला 

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १७:४४:००

उदयपुरको कटारी नगरपालिका–७, रिस्कुमा नातिद्वारा हजुरआमाको हत्या भएको छ । बिहीबार ७० वर्षीया हजुरआमा मनमाया दनुवारलाई आफ्नै नाति २६ वर्षीय रोहित दनुवारले हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार जग्गाको अंशबन्डामा विवाद हुँदा नाति रोहितले खुकुरी प्रहार गरी हजुरआमाको हत्या गरेका हुन् । ‘हत्या गरेर फरार रहेको भन्ने खबर प्रहरी चौकी रिस्कुमा आएको थियो । प्रहरी टोली गई आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ,’ प्रहरी निरीक्षक थापाले भने । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ । 

त्यसैगरी, त्रियुगा नगरपालिका–१२ मा विगत तीन दिनदेखि बेपत्ता रहेका २८ वर्षीय मनोज सदा मृत फेला परेका छन् । प्रहरी निरीक्षक थापाका अनुसार त्रियुगा–२ को सनुवाखोलास्थित निमुवा दोभानमा मृतक अवस्थामा सदाको शव भेटिएको हो । मृतको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ ।