Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १२ बिहीबार १०:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजीनामापछि रवीन्द्र मिश्रले भने– राजीनामाको विषयमा  सञ्चारमाध्यमसँग थप टिप्पणी आवश्यक छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १२ बिहीबार १०:४८:००

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टीबाट राजीनामा दिनुको कारण विज्ञप्तिमै आइसकेकाले सञ्चारमाध्यमसँग थप टिप्पणी आवश्यक नरहेको बताएका छन् । यति धेरै प्रतिकूलताबाट गुज्रिँदा पनि आफूलाई अझै स्नेह र सदभाव देखाएर सन्देश पठाउने सबैप्रति आभारी भएको भन्दै विविध प्रतिकूलताबीच आजसम्म आफू अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको उल्लेख गरे ।

उनले लेखेका छन्, ‘यति धेरै प्रतिकूलताहरूबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सदभाव देखाएर सन्देश पठाउने सबैप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र ! ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर, यतिचाहिँ वाचा गर्छु– मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। ‘बरु नष्ट हुँला, भ्रष्ट हुन्न’ भनेर मैले भन्ने गरेकै छु।’

उनले आफूले राजीनामा दिएपछि पार्टीका अन्य सदस्यले राजीनामा दिन लागेको देखिएको भन्दै राजीनामा नदिन सहकर्मीहरूलाई आग्रह गरेका छन् । भाग्यले आफूलाई गुनासो गर्ने ठाउँ नराखेको भन्दै मिश्रले आफ्नो राजनीतिको उद्देश्य ‘देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरेको र राजनीतिको लाभको स्पर्श नगरेको बताए । 

मिश्रले राजीनामा दिएपछि आगामी दिनमा मन लागे सिनेमामा अभिनय गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेखेर मिश्रले आफूलाई स्नेह र सदभाव राख्ने सबैलाई धन्यवाद दिँदै भनेका छन्, ‘कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरुँला र मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरुँला !’