मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १२ बिहीबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार ०६:१२:००

नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टर तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवामा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टर तथा कर्मचारीले देशभरिका नबिल बैंकका शाखा सञ्जालबाट विशेष छुटको लाभ उठाउन सक्ने जनाइएको छ ।

सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । नेपाल चिकित्सक संघले स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकको पेसागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको जनाइएको छ । 

बैंकले देशभरमा एक सय ५० शाखा, एक सय ८७ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल  रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।