१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १२ बिहीबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेटले एक हजारमा दुई सय एमबिपिएस इन्टरनेट दिने

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार ०६:१२:००

 इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना अल्ट्रा–फाई लाइनका प्रोडक्टमा आकर्षक परिमार्जन ल्याएको छ । कम्पनीले ग्राहकको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपमा मूल्य घटाएको हो ।

 भायानेटका ग्राहकहरूले अब दुई सय एमबिपिएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता लिँदा नौ सय ९९ रुपैयाँ प्रतिमहिनामा पाउने जनाइएको छ । यसमा थप एक सय ७५ भन्दा बढी लाइभ टिभी च्यानलको फाइदा लिन चाहने ग्राहकले भाया टिभीसहितको बन्डल महिनाको एक हजार एक सय रुपैयाँका दरले वार्षिक सदस्यता लिन सक्ने कम्पनीले जनाएको छ । 

यी दुवै योजनामा पाँच सय रुपैयाँ थपेर डुअल ब्यान्ड राउटर, निःशुल्क जडान र प्रथम सेटअप बक्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपी टिभी सेवा चाहने दुवै वर्गका ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको जनाइएको छ । 

त्यस्तै, अझ बढी स्पिड र थप टिभी सबस्क्रिब्सन लिन चाहने ग्राहकका लागि कम्पनीले दुईवटा भाया टिभीसहित दुई सय ५० एमबिपिएस र तीनवटा भायाटिभीसहित तीन सय एमबिपिएस वार्षिक सदस्यता क्रमशः एक हजार दुई सय ५० रुपैयाँ र एक हजार पाँच सय रुपैयाँ प्रतिमहिनामा पाउने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।