मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ११ बुधबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुरमा वडाध्यक्षका ८ उम्मेदवार, जसले आफैँलाई मत दिएनन्

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार १७:२७:००

चितवनको भरतपुर महानगरपालिकामा वडाध्यक्षका ८ उम्मेदवारले आफैँलाई मत नदिएको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिमाणअनुसार राजनीतिक दल र स्वतन्त्र रूपमा वडाध्यक्षमा उम्मेदवारी दिएका ८ उम्मेदवारले एक मत पनि ल्याएका छैनन् । 

३० वैशाखमा सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १ मा पुतली चुनावचिह्नबाट वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बनेका कमल भण्डारी, भरतपुर ११ मा खरायो, पुतली र कक चुनावचिह्नबाट क्रमशः स्वतन्त्र रूपमा वडाध्यक्ष उम्मेदवार बनेका सुमन अधिकारी, दीपक पोख्रेल र संजय न्यौपानेले एक मत पनि ल्याउन सकेनन् । 

भरतपुर १५ मा महिला पुरुष चुनावचिह्नबाट नेकपा माओवादी समाजवादीबाट वडाध्यक्षका उम्मेदवार संजा सापकोटा, भरतपुर १८ मा कक चुनावचिह्नबाट स्वतन्त्र वडाध्यक्ष उम्मेदवार पर्शुराम अर्यालले एक मत पनि ल्याएनन् । 

भरतपुर २६ मा मंगोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले चुनावचिह्नबाट वडाध्यक्षका उम्मेदवार हितकाजी गुरुङ र भरतपुर २८ मा कांग्रेस (बिपी) को करुवा चुनावचिह्नबाट उठेका कमुप्रसाद चौधरीले पनि मत ल्याएनन्