१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ११ बुधबार १४:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम पूर्वाग्रही : एमाले उपाध्यक्ष पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ११ बुधबार १४:५४:००

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले  पूर्वाग्रही रूपमा नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रमले मुलुकको वर्तमान समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको बताएका छन् । 

‘मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ यो । यसमा कुनै दृष्टिकोण छैन, कुनै गन्तव्य छैन,’ पौडेलले भने, ‘यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्बन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेकोसमेत दाबी गरे । विगतमा सकारले गरेका राम्रा कामलाई यस सरकारले निरन्तरता नदिई नीति तथा कार्यक्रम पूर्वाग्रही रूपमा ल्याएको उनको भनाइ छ ।  ‘यो नीति तथा कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । हिजोका राम्रा कामहरूलाई तिनको निरन्तरतामा सरकार अगाडि बढ्नुपर्ने हो । तर, हिजोका राम्रा कामलाई यसले निरन्तरता दिन चाहेको छैन,’ उनले भने । 

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु भएको र आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुने बताउँदै आगामी निर्वाचनपछि एमाले  नेतृत्वको सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे ।