मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार

घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १५:४८:००

काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् ।

नियमानुसार गर्नु पर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरेपछि पीडितले आयोगमा उजुरी दिएर राेकालाई पक्राउ गराएका हुन् । कार्यालय परिसरबाटै उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।