१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ११ बुधबार १०:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरलाई स्वच्छ र पूर्वाधारयुक्त बनाउन जनप्रतिनिधिलाई उद्योगीको आग्रह 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ११ बुधबार १०:११:००

विराटनगरका उद्योगीले  महानगरलाई स्वच्छ, सफा र पूर्वाधारयुक्त बनाउन जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन् । विराटनगर महानगरपालिकामा नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरूलाई स्वागत गर्दै उद्योगीहरूले विराटनगरलालाई स्वच्छ, सफा र पूर्वाधारयुक्त बनाउन आग्रह गरेका हुन्।

मंगलबार उद्योग संगठन  मोरङले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा सहभागी उद्योगीहरूले विराटनगरलाई फोहोरी सहरबाट मुक्त गराउँदै ट्राफिक व्यवस्थापन, फुटपाथको प्रयोग बढाउँदै हरियालीयुक्त नगर बनाउन जनप्रतिनिधिहरसँग आग्रह गरेका थिए ।  
 
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विकासलाई ध्यानमा राखी विज्ञहरूको सुझावमा आगामी कार्ययोजना तय गर्न अनुरोध गरे । उनले औद्योगिक नगरीका रूपमा परिचित विराटनगरमा स्थायी  सुविधायुक्त औद्योगिक प्रदर्शनीस्थल निर्माणको आवश्यकतालाई औल्याउँदै संघ र  प्रदेश सरकारको सहकार्यमा परियोजना अगाडि बढाउन अनुरोध गरे ।
  
स्वागत कार्यक्रममा सहभागी विराटनगर महानगरका नवनिर्वाचित मेयर नागेश कोइरालाले नेपालकै पहिलो औद्योगिक नगरका रूपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।