१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ११ बुधबार ०७:४६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवयुगले पाए  कप्तानको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ११ बुधबार ०७:४६:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको कप्तानीको युवा स्ट्राइकर नवयुग श्रेष्ठलाई दिएको छ । एन्फाले मंगलबार राष्ट्रिय फुटबल टोलीको बिदाई गर्दै श्रेष्ठलाई कप्तान चयन गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर ११ खेलाडीबीचको विवाद रहँदा नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् ।
यसअघि राष्ट्रिय फुटबल टोली कप्तानको जिम्मेवारी किरण चेम्जोङले सम्हालिरहेका थिए ।

रोहित चन्दसहित १० खेलाडीको विद्रोहमा चेम्जोङले समेत समर्थन जनाएका थिए ।  मुख्य प्रशिक्षक अलमुताइरीले एसिया कप छनोटका लागि घोषणा गरेको टोलीमा नियमित कप्तान चेम्जोङसहित १० सिनियर खेलाडीलाई बाहिर राखेका थिए । 

खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीलाई बिदाई गर्दै छनोट प्रतियोगितामा खेलाडीलाई उत्कृष्ट खेल प्रर्दशन गर्न बताए । एसिया कप छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेल ८ देखि १४ जुनसम्म हुनेछ ।  नेपालले ८ जुनमा जोर्डनसँग छनोट खेल खेल्नेछ । नेपालले ११ जुनमा कुवेतको सामना गर्नेछ । नेपालले १४ जुनमा छनोट खेलकैे अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुनेछन् ।

नेपाली टोली
गोलरक्षक : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षापंक्ति : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरजज्यू ठकुरी
स्ट्राइकर : आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनीष डाँगी, नवयुग श्रेष्ठ