मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार २१:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेको प्रतिक्रिया– सरकारले कार्यान्वयन हुनै नसक्ने नीति तथा कार्यक्रम ल्यायो  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार २१:१०:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् । पाण्डेले बजेट अपुग हुने तर्क गर्दै सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने प्रतिक्रिया दिएका हुन् । 

मंगलबार साँझ संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा पाण्डेले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २५ खर्ब बजेट चाहिने तर राज्यसँग विकास खर्च बढीमा ५ खर्ब मात्रै गर्न सक्ने अवस्था भएकाले यसको कार्यान्वयनमा जटिलता देखिएको दाबी गरे । 

उनले भने, ‘यसले राखेको लक्ष्यलाई जोड गरेर हाल्नुभयो भने अब हाम्रो विकास खर्च ४ देखि ५ खर्बको हुन्छ बढीमा । यसले २५ खर्ब माग गरेको छ । यसकारण कार्यान्वयन हुन्छ कि हुँदैन आफैँ बुझनुस् ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले कार्यान्वयन हुन नसक्ने गरी नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे । उनले निर्वाचनलाई लक्षित गरेर सस्तो लोकप्रियताका लागि सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।