मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार १७:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से १६ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार १७:०६:००

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले वृद्धि भएको छ। पछिल्लो समय लगातार रूपमा गिरावट हुँदै आएको नेप्से मंगलबार १६.३२ अंकले बढेर दुई हजार २१७.१९ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ३.६२, फ्लोट इन्डेक्स १.१७ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३ अंकले बढेको छ।

आज २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर एक अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ। नेप्से परिसूचक वृद्धि भए पनि सोमबारको तुलनामा मंगलबार कारोबार रकममा गिरावट आएको हो। सोमबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँबराबरको कारोबार भएको थियो।  

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने व्यापार र म्युचुअल फन्डको सूचकमा गिरावट आएको छ। मंगलबार सबैभन्दा धेरै जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। तर, म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.२५ प्रतिशत घटेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ।