१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सोनी राई सोलुखुम्बु
२०७९ जेठ १० मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट सोताङ गाउँपालिकाका निर्वाचन अधिकृत गम्भीर घाइते

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
२०७९ जेठ १० मंगलबार १२:००:००

सोलुखुम्बुको सोताङ गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत कुमार कोइराला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका छन् । मंगलबार बिहान सोताङ– ५ डाँडागाउँमा पैदल यात्रा गरिरहेका अधिकृत कोइरालालाई पछाडिबाट आएको बा.५१प ८९६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

मोटरसाइकलले ठक्कर दिँदा उनको दाहिने खुट्टा भाँचिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि उनलाई हेलिकाेप्टरमार्फत थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।