Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार १०:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एमेच्योर खेलाडी वाङ्चेनको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार १०:२७:००

एमेच्योर वाङ्चेन धोन्डुपले सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको खेलको पहिलो दिन उनले सात अन्डर६५ स्कोर गरेका छन् । वाङ्चेनले शीर्षवरीयताका भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि तीन स्ट्रोकको अग्रता लिएका छन् । भुवन, रवि र निरजले चार अन्डर ६८ स्कोर गरे ।

 शुक्रबहादुर राई, एमेच्योर खेलाडी सद्भाव आचार्य र महेन्द्र फगामीले समान तीन अन्डर ६९ स्कोर गरे । रामे मगर र १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङले दुई अन्डर ७० को स्कोर गरे । पशुपति शर्मा, दलबहादुर लामा, भुवनकुमार रोक्का, बलभद्र राई, पूर्णप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ र भारतीय एमेच्योर गल्फर डी शाहले एक अन्डर ७१ स्कोर गरे । विष्णु र सूर्यप्रसाद शर्माले पार ७२ स्कोर खेलेका छन् । 

वाङ्चेनले बोगीबाट दिनको सुरुवात गरेका थिए । उनले फ्रन्ट नाइनमा ६ अन्डर ३० को स्कोर गरे । उनले ब्याक नाइनमा एक अन्डर ३५ स्कोर गर्दै ११औँ होलमा बोगी खेले । रविले फ्रन्ट नाइनमा एक अन्डर ३५ र ब्याक नाइनमा तीन अन्डर ३३ स्कोर गरेका थिए । निरजले फ्रन्ट नाइनमा एक अन्डर ३५ को स्कोर गरे । उनले तेस्रो र चौथोमा बर्डिज खेले । 

भुवनले फ्रन्ट नाइनको सातौँ र आठौँ होलमा बर्डिज निकाल्न सफल भए । उनले ब्याक नाइनको ११औँ, १२औँ र १८औँ होलमा बोगीको सामना गरे । प्रतियोगिताको विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी तेस्रो हुने खेलाडीले एक लाख १० हजार र चौथो हुने खेलाडीले ९५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पाँचौँ स्थानमा रहने खेलाडीले ८७ हजार रुपैयाँ जित्नेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् ।