मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार १०:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘लन्डन टु पेरिस च्यारिटी राइड’मा ६ हजार पाउन्ड संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार १०:२४:००

अभिनेता विक्रम डी जोशीसहित ६ नेपालीले लन्डनदेखि पेरिससम्मको २४० माइल (करिब ३८७ किमी) दूरी साइकलबाटै पूरा गरेका छन् । ‘लन्डन टु पेरिस च्यारिटी राइड’ नाम दिएको यो यात्राबाट उनीहरूले ६ हजार पाउन्ड संकलन गरेका छन् ।

बेलायतमा बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलिखेलमा सञ्चालन गरेको चिल्ड्रेन्स् होम अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत शुक्रबार बिहान लन्डन ब्रिजबाट यात्रा सुरु गरेका थिए । उनीहरूले आइतबार यात्रा पूरा गरेका हुन् । साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ थिए । 

पेरिसको इफेल टावर पुगेको सो टोलीले लक्ष्यभन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा पाँच हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौँ । तर, ६ हजार पाउन्ड जुट्यो,’ जोशीले भने ।