मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार ०७:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१७ महिनाअघिको बिन्दुनजिक नेप्से, कारोबार रकममा केही सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार ०७:५६:००

सोमबार सेयर बजार १७ महिनाअघिको बिन्दुनजिक आइपुगेको छ । यसअघि सोही बिन्दु ०७७ पुस २३ गते रहेको थियो । त्यसवेला उक्त बिन्दुबाट पुनः बजार उकालो लागेको थियो । नेप्से परिसूचक दुई हजार दुई सयको मनोवैज्ञानिक बिन्दुबाट ओर्लिन पुगेको छ । यस दिन नेप्से परिसूचक ३४ दशमलव २१ अंकले घटेर दुई हजार दुई सय दशमलव ८८ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ३१ अंकले घटेर चार सय २९ दशमलव शून्य पाँच बिन्दुमा आइपुगेको छ ।

सोमबार नेप्से सूचक न्यूनतम दुई हजार एक सय ९१ दशमलव शून्य तीन र दुई हजार दुई सय ४९ को बीचमा रहेको छ । सोमबारको अधिकतम बिन्दुमा पुगेपछि नेप्से ओरालो लागेको थियो ।बजार घटेर १७ महिनाकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ताले ‘प्यानिक सेलिङ’ बढाएका छन् । जसले कारोबार रकम बढ्नमा टेवा पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ कम्पनीको ३९ लाख १७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । यसअघिको अन्तिम कारोबार दिन शुक्रबार एक अर्ब पनि पुग्न सकेको थिएन । बैंकको ब्याजदर बढ्न सक्ने हल्ला र आशंकाबीच लगानीकर्ता मौद्रिक नीतिको समीक्षा र नयाँ बजेटपछि बजारले गति लिने अपेक्षामा देखिन्छन् ।  

नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको सबैभन्दा धेरै तीन करोड रुपैयाँदेखि चार करोड १५ लाख रुपैयाँसम्मको कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । फाइनान्स समूह, होटेल तथा पर्यटन समूह, जलविद्युत् समूह, लगानीगत समूह र जीवन बिमा समूहको सूचक २ प्रतिशतदेखि दुई दशमलव ६२ प्रतिशतले सबैभन्दा धेरै घटेको छ । त्यस्तै, विकास बैंक समूहको सूचक एक दशमलव ९७ प्रतिशतले घट्दा माइक्रो फाइनान्स समूह, निर्जीवन बिमा समूह, टे«डिङ समूह, माइक्रो फाइनान्स समूह र वाणिज्य समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

१३ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्थाको ६ दशमलव २० प्रतिशतले बढेको छ भने प्रभु लाइफ इन्स्योरेन्सकोे पाँच दशमलव २६ प्रतिशतले बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको चार दशमलव शून्य २ प्रतिशतले बढेको छ । एक सय ७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्था, विन लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।