मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १४:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १४:२६:००

मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार बिहान ९ बजे छायाँनाथ रारा नगरपालिका–३ बाम्धारा भन्ने ठाउँमा भे ८ प ७०७८ नम्बरको मोटरसाइकल सडकभन्दा करीब सात सय मिटर तल खस्दा चालक छायाँनाथ रारा नगरपालिका–७ टोप्ला घर भएका अन्दाजी ३२ वर्षीय नवराज शाहीको मृत्यु भएको अस्थायी ट्राफिक कार्यालय गमगढीका प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले जानकारी दिए ।  

घटनास्थल जिल्ला सदरमुकामबाट ४० मिनेट सडक यातायात दूरीमा रहेको छ । मोटरसाइकल धेरै माथिबाट खसेकाले घटनास्थलमै चालकको मृत्यु भएको प्रहरीले बताएको छ । 

ग्रामीण पहुँच कार्यक्रमको आर्थिक लगानीमा निर्माण भएको गमगढी तारापानी २१ किमी यो सडक गत साउनदेखि सञ्चालनमा आएको थियो सञ्चालनमा आएको चार महीनामा यो सडकमा भएका चार दुर्घटनामा तीनले ज्यान गुमाएका छन् । बाटो राम्रो भए पनि मुगु कर्णालीको तिरैतिर भिर बाटो भएर जाने बाटोको छेउमा सुरक्षित बारको आवश्यता महसुस गरिएको छ ।