मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ९ सोमबार १९:०६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा जितको नजिक रेनु दाहाल

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १९:०६:००

२०७९ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म २५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने, २५ र २६ वडाको मतगणना भइरहेको छ ।

१ लाख १५ हजार ९ सय ११ मतगणना हुँदासम्म दाहालले  ११ हजार ३ सय ७२ मतान्तर बनाएकी छिन् ।  उनलाई ३५ हजार ५ सय २७ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार २ सय १५ मत ल्याएका छन् । 

अब ११ हजार ९ सय २८  मत गन्न बाँकी छ । 

उपमेयरमा अधिकारी विजयी
भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजयी हुन पर्याप्त मत ल्याएका हुन् ।, 
गठबन्धनका उम्मेदवार अधिकारीले ४७ हजार ८ सय ४ मत ल्याएका छन् । अधिकारीले प्रतिद्वन्द्वी राप्रपा गठबन्धनकी उम्मेदवार  हिमला गुरुङलाई १९ हजार ९ सय १८ ले पछाडि पारेका छन् । 

अब भरतपुरमा गन्न बाँकी मतभन्दा अधिकारीको मतान्तर बढी भइसकेको छ ।