मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १७:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार १७:५१:००

सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए।

यस्ता छन् थप निर्णयहरू :
१) २०७९ वैशाख ३० गते मुलुकभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग एवम् आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण मतदाता,राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी,नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सबैलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिने,

२) २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने,

३) वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने  ६.८ मिलियन करिब ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने,

४) विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिब ३३ अर्ब ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गर्ने,

५) नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने,

६) सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीबल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने,

७) प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समूहको प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने,

८) स्टक होम प्लस ५० इन्टर नेसनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने,

९) मिति २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्यान्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरूमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने,

१०) कञ्चनपुर जिल्ला वेदकोट नगरपालिकाअन्तर्गतको जग्गा नापजाँचसम्बन्धी गठन आदेश २०७८ स्वीकृत  दिने,

११) वन नियमावली २०७९ स्वीकृत गर्ने,

१२) सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गर्ने,

१३) नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११औँ तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने ।