मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ चैत १ शुक्रबार १२:२८:००
Read Time : < 1 मिनेट
विश्व

फेसबुक लाइभ गर्दै न्यूजिल्याण्डको दुई मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु, बंगलादेशी क्रिकेट टोली सुरक्षित

प्रधानमन्त्रीले भनिन् - इतिहासकै कालो दिन 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत १ शुक्रबार १२:२८:००

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीमा उल्लेख छ । आक्रमणबाट हालसम्म ३० जनाको मृत्यु भएको र धेरै संख्यामा मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई पक्राउ गरेको छ । यद्यपी खतरा भने नटरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेली मेलले यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको उल्लेख छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

अर्को सूचना जारी नगरेसम्म क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरु बन्द गरिएको छ। न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले यो घटनालाई न्यूजिल्याण्डको इतिहासकै कालो दिनका रुपमा व्याख्या गरेकी छिन् ।

शुक्रबारको प्रार्थनाका लागि क्रिस्टचर्चमा रहेको मस्जिद जाँदै गरेको बंगलादेशी क्रिकेट टोली भने सुरक्षित रहेका छन् । उनीहरुले ट्वीटरमार्फत आफूहरु सुरक्षित रहेको बताएका छन् । 

प्रहरीले आक्रमणबारे अनुसन्धान गरिरहेको बताएको छ।