Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ ९ सोमबार १०:२५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तुलसीपुर उपमहानगर : मतान्तर फराकिलो बनाउँदै एमाले

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १०:२५:००

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । मेयरमा एमालेका टीकाराम खड्का एक हजार आठ सय १३ मतले अगाडि छन् । उनले हालसम्म २० हजार तीन सय १९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार पाँच सय ६ मत ल्याएका थिए । 

उपमेयरमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार स्यानी चौधरी १९ हजार  आठ सय आठ मत प्राप्त गरेर अग्रस्थानमा छिन् भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले १३ हजार सात सय ३५ मत ल्याएका छन् । उनीहरूबीच ६ हजार ४० मतान्तर रहेको छ । 

अहिलेसम्म तुलसीपुरमा १ देखि ११ वडासम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ जनाले मतदान गरेका थिए ।