Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १४:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल फाइनल : भैरहवालाई ललितपुरले दियो एक सय ५६ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १४:२३:००

एभरेष्ट प्रिमियर लिगको फाइनल खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्याडियटर्सलाई एक सय ५६ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे ललितपुरले १९.१ अाेभरमा अलअाउट हुँदै रन एक सय ५५ रन जोडेको हो । भैरहवाका लागि जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले । उनले ३ चौका र ३ छक्काको मद्दत ५२ बलमा ५७ रन जोडेका हुन् । यस्तै गौरव टोमारले २३ रन , सन्दिप जोराले २४ रन, ज्ञानेन्द्र मल्लले १० रन र कुशल भुर्तेलले ११ रनकाे योगदान गरे । 

टस जितेर फिल्डिङ रोजेको भैरहवाका कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिए । महोम्मद नाभिद र रायन टेन्डेकाटेले समान २ विकेट लिँदा शरख भेषवाकर र भुवन कार्कीले समान १ विकेट लिए । काठमाडाैं र भैरहवा दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।