Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ८ आइतबार १४:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार १४:५५:००

उदयपुरको कटारी नगरपालिका– ११ गोठडाँडामा चट्याङबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको हो।

आइतबार आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बुढाथोकीको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।