मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ७ शनिबार १८:०५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता प्रगतिशील पार्टी विजयी  

Read Time : < 1 मिनेट
२०७९ जेठ ७ शनिबार १८:०५:००

रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जनता प्रगतिशील पार्टीका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्ष पदमा गयाप्रसाद बरई ४ हजार ३ सय ८५ मत ल्याई विजयी भएका हुन् । अध्यक्ष बरईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रले ३ हजार २ सय ४५ मत मात्र ल्याए । 

यस्तै, उपाध्यक्षमा सोही पार्टीबाट आशा सिंहले २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छिन् । सिंहकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् । 

पालिकाको वडामा भने मिश्रित परिणाम आएको छ । गाउँपालिकाको वडा नं. १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कृष्णकुमार सिंह विजयी भएका छन् । वडा नं. २ मा लोसपाबाटै शशीदयाल चौधरी, वडा नं. ३ मा कांग्रेसका जनार्दन यादव, ४ मा लोसपाका ओमप्रकाश चौधरी, ५ मा जनता प्रगतिशील पार्टीका कृष्णकुमार सिंह, वडा नं. ६ मा जनमत पार्टीका रामसेवक खरबिन्द, वडा नं. ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी निर्वाचित भएका छन् ।