१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ७ शनिबार १३:५३:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माइतीघरमा महिला मार्च : सौन्दर्य प्रतियोगितामाथि प्रश्न (फोटोफिचर)

Read Time : > 1 मिनेट
२०७९ जेठ ७ शनिबार १३:५३:००

हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको बलात्कारको घटनामा पीडितलाई न्यायको माग राख्दै आज पनि प्रदर्शन भएकाे छ। काठमाडौको माइतीघर मण्डलामा महिला तथा युवाहरूले स्वतःस्फूर्त मार्च प्रदर्शन गरेका हुन्।

उनीहरुले पीडितको न्याय र बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा भएको कानुनी हदम्याद खारेजीको माग राखेका छन्। सौन्दर्य प्रतियोगिताको विरोध गर्दै उनीहरुले 'स्त्री दबाउने कानुन अब चल्दैन', 'इनफ इज इनफ स्टप रेप', 'दोषीलाई कारबाही गर', जस्ता नाराहरू लेखिएको पम्प्लेटहरू प्रदर्शन गरेका छन्।

केही दिनअघि एक युवतीले आफूलाई आठ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्। उनको न्याय र पीडकलाई कानुनी दायरामा ल्याउन माग गर्दै प्रदर्शनहरु भइरहेको छ। सो विषयले शुक्रबार संसदमासमेत प्रवेश गरेको छ।

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन्। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ।