Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७९ जेठ ७ शनिबार ०६:३०:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एमालेको किल्ला विदुरमा गठबन्धन विजयी 

Read Time : > 1 मिनेट
२०७९ जेठ ७ शनिबार ०६:३०:००

 नेकपा एमालेले आफ्नो लालकिल्ला भन्ने गरेको नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।  वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा शुक्रबार सम्पन्न मतगणना अनुसार प्रमुखमा नेपाली कांग्रेसका राजनलाल श्रेष्ठ,उपप्रमुखमा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् । 

 प्रमुखमा नेपाली कांग्रेसका श्रेष्ठले १५ हजार आठ सय २६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सन्जु पण्डितले १२ हजार एक सय ५४ मत ल्याए । पण्डित यसअघि पनि विदुरको प्रमुख थिए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटीले १२ हजार आठ  सय ६० मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका अम्बिका पौडेल नेपालले ११ हजार नौ सय ९५ मत ल्याइन् । बोगटी माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी हुन् । 

विदुर नगरपालिकाको वडाअध्यक्षहरुमा वडा नं. १ मा नेकपा एमालेका लेनिन रन्जित, वडा नं. २ मा नेकपा एमालेका दीपक कायस्थ, वडा नं. ३ मा नेपाली कांग्रेसका बद्री रिमाल, वडा नं. ४ नेकपा एमालेका नीलमबाबु ढुंगेल, वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका लीलानाथ न्यौपाने, वडा नं. ६ मा नेकपा एमालेका श्यामकृष्ण चालिसे, वडा नं. ७ मा नेपाली कांग्रेसका रवीन्द्र नेपाल, वडा नं. ८ मा नेपाली कांग्रेसका कमल श्रेष्ठ, वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका हरेराम भण्डारी, वडा नं. १० नेपाली कांग्रेसका गणेशकुमार नेपाल,  वडा नं. ११ मा नेकपा एमालेमा बाबुराम तामाङ, वडा नं. १२ मा नेकपा माओवादी केन्द्रका उपेन्द्र खड्का र वडा नं. १३ मा नेपाली कांग्रेसका भरत तामाङ निर्वाचित भएका छन् । 

२०४९ सालबाट लगातार नेकपा एमालेले जित्दै आएको विदुरमा यो पटक भने कांग्रेस र माओवादीबीचको गठबन्धनले गर्दा एमालेको पोल्टाबाट कांग्रेसको विदुरको प्रमुख लिन सफल भएको छ ।