मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ६ शुक्रबार १३:२३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

लालदेव बने मुसहर समुदायबाट प्रदेश १ को पहिलो र देशकै दोस्रो वडाध्यक्ष

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ६ शुक्रबार १३:२३:००

प्रदेश १ मा पहिलोपटक मुसहर समुदायका लालदेव सदा वडाध्यक्षमा निर्वाचित भएका छन्। सुनसरीको कोसी गाउँपालिकामा– ७ मा हरिपुरनिवासी  २७ वर्षीय सदा प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्।

माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका सदाले ६ सय ११ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी ४२ वर्षीय रामचन्द्र महतो कोइरीले चार सय ४१ मत पाउँदा एमालेका राधेश्याम यादवले तीन सय ७२ मत पाए।

खुला सदस्यमा माओवादी केन्द्रका ४० वर्षीय विजय मुसहर सदा र ४५ वर्षीय कुमार मुखिया, महिला सदस्यमा किसनी भुजेल र दलित महिला सदस्यमा बुलन्तीदेवी सदा निर्वाचित भएका छन्।

लालदेव सदा मुसहर समुदायबाट निर्वाचित हुने प्रदेशको पहिलो र देशकै दोस्रो वडाध्यक्ष हुन्। यसअघि मधेस प्रदेशमा मुसहर समुदायबाट एक वडाध्यक्ष निर्वाचित भएका थिए। उनले ११ कक्षासम्म अध्ययन गरेका छन्।