१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ६ शुक्रबार ०८:१६:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कान्स रेड कार्पेटमा अभिनेत्री सुरक्षा पन्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ६ शुक्रबार ०८:१६:००

कान्स फिल्म फेस्टिभल–०२२ फ्रान्समा जारी छ । यो फेस्टिवलमा सहभागिता जनाउने सपना विश्वका हरेक कलाकर्मी र फिल्म पारखीले देखेका हुन्छन् । तर, कमै मात्रको त्यो सपना पूरा हुन्छ । 

यस वर्ष १७ मेमा सुरु भएको कान्स फेस्टिवलमा नेपाली अभिनेत्री सुरक्षा पन्तले पनि सहभागिता जनाएकी छिन् । उनले फेस्टिवलमा ‘रेड कार्पेट वाक’ मात्रै गरेकी छैनन्, रेड कार्पेटमा सहभागी हुने पहिलो नेपाली कलाकार बनेकी छिन् । बुधबार राति कान्समा उनी अभिनीत इटालियन र बेल्जियम भाषाको फिल्म ‘द एइट् माउन्टेन्स’को प्रदर्शनसमेत भएको थियो । फिल्म प्रदर्शनकै क्रममा उनले रेड कार्पेटमा हिँड्ने अवसर पाएकी हुन् । फिल्मका निर्देशक, निर्मातासँगै रातो रंगको गाउन लगाएर उनले रेड कार्पेट वाक गरेकी थिइन् । 

अभिनेत्री पन्त ३ जेठमा फ्रान्स गएकी थिइन् । उनले अभिनय गरेको यो पहिलो विदेशी फिल्म हो । इटालीसँगै नेपालको मनाङमा छायांकन गरेको भागमा अभिनेत्री पन्तले अभिनय गरेकी छिन् । यो फिल्मलाई बेल्जियमका दुई निर्देशक फेलिक्स भान ग्रोनिनगेन र चार्लाेट्टी भन्डरमिर्सले निर्देशन गरेका हुन् । 

कान्समा ‘लोरी’ प्रदर्शन हुँदै 
यस वर्षको कान्समा अविनाशविक्रम शाह निर्देशित फिल्म ‘लोरी’ पनि प्रदर्शन हुँदै छ । कान्सको सर्ट फिल्मअन्तर्गतको मुख्य प्रतिस्पर्धात्मक विधामा लोरी प्रदर्शन हुन लागेको हो । एक सय ४० देशका ३५ सय फिल्ममध्येबाट ‘लोरी’ उत्कृष्ट नौमा पर्न सफल भएको हो । 

कान्समा आधिकारिक रूपमा छानिएको ‘लोरी’ पहिलो नेपाली फिल्म हो । नेपाल, चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुवानियाका फिल्मसँग लोरीको प्रतिस्पर्धा हुनेछ । आगामी २८ मा कान्स समापन हुँदै छ । 

लगानीकर्ता खोज्दै ‘एक मुठी बादल’
कान्स फिल्म फेस्टिवल फिल्म प्रदर्शनका लागि जति प्रख्यात छ, लगानीकर्ता खोज्न पनि उपयुक्त प्लेटफर्म हो । संसारभरबाट छानिएका स्क्रिप्टका लागि निर्माताहरू लगानीका लागि 
कुरिरहेका हुन्छन् । 

यही क्रममा नेपाली फिल्म ‘एक मुठी बादल’ ( माइ सेयर अफ स्काई) पनि फेस्टिवलमा छानिएको छ । यस फिल्मका लेखक तथा निर्देशक सहारा शर्मा र निर्माण कम्पनी गौंथली फिल्मका अभिमन्यु दीक्षित कान्समा लगानीकर्ता खोज्न पुगेका छन् । कान्समा यो फिल्मको शुक्रबार ‘स्क्रिप्ट पिचिङ’ हुँदै छ । भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पाेरेसन (एनएफडिसी)ले यो नेपाली फिल्मलाई कान्स बजारका लागि छनोट गरेको थियो । फिल्म निर्माणका लागि निर्देशक शर्मा र निर्माता दीक्षितले शुक्रबारको ‘पिचिङ’मा विदेशी लगानीकर्ता खोज्ने पहल गर्नेछन् ।

कान्समा गत वर्ष पनि किरण पोखरेलको ‘विङ्स’ले नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्य्रान्ड पुरस्कार जितेको थियो । कान्समा गत वर्ष मीन भामको फिल्म ‘चिसो वर्ष’ले ६६ लाखबराबरको पुरस्कार जितेको थियो । यस्तै यसअघि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’को पटकथा पनि कान्समा छनोट भएको थियो । यसअघि कान्सको फिल्म मार्केटमा पासाङ दाबा शेर्पाको ‘कुहिरोपारिको सहर’, राजन कठेत र सुनिल पाण्डेको ‘नो विन्टर होलिडे’ र सुबिना श्रेष्ठको ‘देवी मार्केटमा लगानी खोज्न पुगेका थिए ।