मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ५ बिहीबार २१:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा अन्तर्घात गरेको भन्दै एमाले जिल्ला नेतालाई कारबाही

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार २१:०६:००

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा गुल्मीमा अन्तर्घात गरेको भन्दै जिल्ला नेतालाई कारबाही गरेको छ । एमालेले जिल्ला कमिटी सदस्य रुरु क्षेत्र गाउँपालिका–२ का देवबहादुर विकलाई कारबाही गरेको छ ।

विकले निर्वाचनका क्रममा पार्टीको आधिकारिक  उमेदवारको विरुद्ध प्रचार–प्रसार गरेको एमालेको आरोप छ ।एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाद्वारा जारी विज्ञप्तिमा विकलाई साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिएको उल्लेख छ । पार्टीहितविपरीत काम गर्ने जोसुकैलाई कारबाही गर्ने उनले बताएका छन् ।

रुरु क्षेत्र गाउँपालिका २ बाट एमालेका घनश्याम अर्याल विजयी भएका छन् । बहुमत वडासहित उपाध्यक्ष जित्दा एमालेले पालिका अध्यक्ष गुमाएको छ ।