१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०९:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०९:१०:००

फर्किने प्रयासमा नेप्से परिसूचक 

बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेप्से परिसूचक आठ दशमलव ९० अंकले बढेर दुई हजार दुई सय ७४ दशमलव ४२ बिन्दुमा पुगेको छ । लगानीकर्ताले दुई हजार दुई सयको टेवा खोजिरहेका छन् । उनीहरू यस बिन्दुलाई मनोवैज्ञानिक आधार बिन्दु मानेर बजार उकाल्ने प्रयासमा देखिन्छन् ।

यद्यपि, दुई हजार दुई सय ८१ दशमलव ९६ को उच्चतम बिन्दुबाट बिस्तारै ओर्लिएर उक्त बिन्दुमा बजार बन्द हुन पुगेको हो । प्यानिक बनेका लगानीकर्ता नाफा सञ्चितमा लाग्दा बजार कारोबार अवधिभर उत्तारचढाव आएको थियो । उत्तारचढावबीच लगानीकर्ता पर्ख र हेरको अवस्था देखिन पुगेका छन् ।

झिनो अंकले बढेको बजारमा यस दिन एक सय २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको सेयर मूल्य घटेका छन् । कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये जलविद्युत् समूह, विकास बैंक समूह र फाइनान्स समूहको सूचक दुई प्रतिशतदेखि एक प्रतिशतभन्दा बढीले बढेका छन् । 

वाणिज्य बैंक समूह, लगानीगत समूह, होटेल तथा पर्यटन समूह, माइक्रोफाइनान्स समूह र ‘अन्य’ समूहको सूचक सामान्य बढेका छन् । जीवन बिमा समूह, उत्पादनमूलक समूह, निर्जीवन बिमा समूह, ट्रेडिङ समूह सामान्य घटेका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ३१ लाख ५६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, जाल्पा सामुदायिक लघुवित्त, हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै चार करोड रुपैयाँदेखि पाँच करोड ३८ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ । 

यस दिन राधि जलविद्युत् कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, बरुण हाइड्रोपावर, इमर्जिङ नेपाल र नेसनल हाइड्रोपावर कम्पनीको पाँच प्रतिशतदेखि ६ प्रतिशतले बढेको छ । सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । पु्रडिन्सियल इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य चार दशमलव ३९ प्रतिशतले घटेको छ । 

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै
सिर्जनशील लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्ने भएको छ । आइपिओ निष्कासनका लागि संस्थाले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाले तीन लाख ९३ हजार सात सय ५० कित्ता सेयर जारी गर्ने अनुमति मागेको हो । 

उक्त सेयर जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी तीन करोड ९३ लाख रुपैयाँले वृद्धि हुने संस्थाले जनाएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।