मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ४ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तुलसीपुर उपमहानगर : एमाले २४ मतले अगाडि 

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ११:३१:००

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले २४ मतले अगाडि छ । एक हजार नौ सय ४८ मत गन्दासम्म एमालेबाट मेयरका उम्मेदवार टीकाराम खड्काले आठ सय ५० र गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले आठ सय २६ मत प्राप्त गरेका छन् ।

उनीहरूबीचको मतान्तर २४ रहेको छ । त्यस्तै, उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेका उपमेयरका उम्मेदवार स्यानी चौधरीले आठ सय ७१ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले ६ सय १७ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर दुई सय ५४ छ । 

अहिले तुलसीपुरमा वडा नं.१, २ र ३ को गणना भइरहेको छ । तुलसीपुरमा यसअघि एमालेले जितेको थियो ।