१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ४ बुधबार ०८:५१:००
Read Time : < 1 मिनेट
निर्वाचन

बाँसगढीमा एमालेका किसान नेता विजयी  

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०८:५१:००

बर्दिया जिल्लास्थित बाँसगढी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । बाँसगढी नगरप्रमुखमा एमालेका किशान नेता खड्कबहादुर खड्का निर्वाचित भएका हुन् ।   

नगरप्रमुख र उपप्रमुख दुवै पदमा एमालेकै उम्मेदवार विजयी भएका छन् । एमाले केन्द्रीय कमिटी सदस्यसँगै किसान महासंघ केन्द्रीय महासचिवसमेत रहेका खड्काले माओवादी केन्द्रका उम्मेदवार भवनकुमार थारूलाई पराजित गरी नगरप्रमुख पदमा निर्वाचित भएका छन् । खड्काले १० हजार नाै सय ४७ मत भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी थारूले नाै हजार सात सय ६३ मत पाएका छन् । 

त्यस्तै, नगर उपप्रमुखमा एमालेकै उम्मेदवार इन्दिरा चौधरी ११ हजार ३५ मत पाएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली का‌ंग्रेसका आकाश थारू आठ हजार पाँच सय १२ मत प्राप्त गरेका छन् ।