मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ४ बुधबार ०८:४९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

ओखलढुंगाको सुनकोसी गाउँपालिकामा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०८:४९:००

ओखलढुंगाको सुनकोसी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कमल तामाङ विजयी भएका छन् । उनी एमालेका इन्द्रबहादुर खड्का (सुनील) लाई हराउँदै विजयी भएका हुन् ।  तामाङ पाँच हजार तीन सय ९९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी  खड्काले चार हजार एक सय ७४ मत ल्याएका छन् । 

यस्तै, उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् । उनले पाँच हजार दुई सय १५ मत ल्याएकी छिन् ।  उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले चार हजार एक सय ८८ मत ल्याइन् ।

सुनकोसीका वडाहरूमा भने कांग्रेस एमालेले बराबर जित निकालेका छन् । १० मध्ये पाँचवटा वडा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।