मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ४ बुधबार ०८:१८:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जुम्लाको तिला गाउँपालिकामा माओवादी विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०८:१८:००

जुम्लाको तिला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपप्रमुखमा गोरीकला बुढा विजयी भएका छन् । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

उनी  एक हजार नौ सय ३६ मत प्राप्त गरी पालिका प्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज उपाध्यायले एक हजार नौ सय १५ मत प्राप्त गरेका थिए । 

त्यस्तै, उपप्रमुखमा माओवादीकै गोरीकला बुढा (कल्पना) विजयी भएकी हुन् । उनले दुई हजार चार  मत प्राप्त गरेकी छिन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सुष्मा श्रेष्ठले एक हजार आठ सय सात  मत प्राप्त गरेकी हुन् । 

०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेका रतननाथ योगी प्रमुखमा र माओवादीकी विष्णु बुढा उपप्रमुखमा निर्वाचित भएका थिए ।