मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ४ बुधबार ०७:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनमतका हिसाबले एमाले लोकप्रिय पार्टी पुष्टि भयो : पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ४ बुधबार ०७:०८:००

एमाले महासचिव शंकर पोखरेलले दलीय प्रतिस्पर्धामा आफ्नो पार्टी सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको तथ्य स्थानीय तहको निर्वाचनको जनमतले पुष्टि गरेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । पोखरेलले एमालेलाई समाप्त पार्ने सत्तागठबन्धनको प्रयासलाई निर्वाचनबाट पूर्ण रूपमा असफल पारेको दाबी गरे । 

शंकर पोखरेल महासचिव, एमाले

हामीलाई समाप्त पार्ने पाँचदलीय सत्तागठबन्धनको प्रयासलाई पूर्ण रूपमा असफल पारेका छौँ । यद्यपि, हामीले अपेक्षा गरेअनुसार परिणाम प्राप्त भएको छैन, तर जनमतलाई हामीले आफ्नो पक्षमा पार्न जुन प्रकारको मिहिनेत गर्‍यौँ त्यसका प्रभाव र परिणामलाई सत्तापक्षले पनि अनुभूति गरेको छ ।

‘हामीलाई समाप्त पार्ने पाँचदलीय सत्तागठबन्धनको प्रयासलाई हामीले पूर्ण रूपमा असफल पारेका छौँ । यद्यपि, हामीले अपेक्षा गरेअनुसार परिणाम प्राप्त भएको छैन, तर जनमतलाई हामीले आफ्नो पक्षमा पार्न जुन प्रकारको मिहिनेत गर्‍यौँ त्यसका प्रभाव र परिणामलाई सत्तापक्षले पनि अनुभूति गरेको छ,’ पोखरेलले भने, ‘नेपालमा दलीय प्रतिस्पर्धा भएको भए एमाले परिणामका हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित हुन्थ्यो भन्ने तथ्य जनमतले प्रस्तुत गरेको छ ।’

पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँचदलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए । सेटिङ र धाँधलीका घटनाहरूको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरै ठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको उनको आरोप छ । थुप्रै ठाउँमा सांघातिक आक्रमण गर्ने, मौन अवधिपछि एमालेका उम्मेदवारहरूको घरमै पुगेर आक्रमण गर्ने काम भएको र दुईजना पार्टी कार्यकर्ताको हत्या गरिएको पोखरेलले आरोप लगाए । 

‘घाइतेजति सबै प्रतिपक्षका कार्यकर्ता मात्र भएका छन् । मुठभेड भए दुवै पक्षका कार्यकर्ता देखिनुपर्थ्यो । यसले सत्तापक्ष गुन्डागर्दीको सहारामा सत्तापक्ष जनमतलाई प्रभाव पार्न अग्रसर भयो भन्ने घाइतेको तथ्यांकले पनि देखाएको छ, दुई ठाउँमा ज्यान गुमाउनुपरेको तीतो तथ्य व्यहोरेका छौँ,’ पोखरेलले भने, ‘म हत्याको घटनाको निष्पक्ष छानबिन गरेर दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’

पोखरेलले प्राविधिक रूपमा केही स्थानीय तहमा पराजय भोग्नुपरे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको बताए । सत्तापक्षले गुन्डागर्दीको सहारा लिएर धेरै ठाउँमा एमालेका कार्यकर्ताको अपहरण र कुटपिट भएको तथा उल्टै पीडितलाई थुन्ने काम गरेको उनले बताए ।