१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ३ मंगलबार १९:१२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गुल्मीको मालिकामा गठबन्धनको प्यानलै विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १९:१२:००

गुल्मीको मालिका गाउँपालिकामा गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ । मालिका गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित सबै वडामा गठबन्धनको प्यानलै विजयीभएको छ। कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका देवीराम अर्याल प्रमुखमा विजयी भएका छन् । उनले छ हजार एक सय ७६ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार एमालेका रितबहादुर थापाले चार हजार छ सय १७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै, उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उपेन्द्र अर्यालले छ हजार तीन सय ३४ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी रनमाया पुनले चार हजार छ ९२ मत प्राप्त गरेकी छिन् । गाउँपालिकाका आठ वडामध्ये वडा नं ३ मा नेकपा माओवादी केन्द्र र सात वडामा कांग्रेस विजयी भएको छ ।