Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३ मंगलबार १८:५३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३ मंगलबार १८:५३:००

आइसिटी फाउन्डेसन नेपालको आयोजनामा असार पहिलो साता दुईदिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ। असार ४ र ५ गते सोल्टी होटेल काठमाडौंमा आयोजना हुने कन्क्लेभमा ‘ह्वावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनी ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रूपमा रहेका छन्। कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० बढी वक्ता र ७ सय बढी विशिष्ट व्यक्ति तथा विज्ञहरूको सहभागिता रहनेछ। 

डिजिटल रूपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढी महत्वपूर्ण सेसनहरू रहेका छन्। कार्यक्रममा डिजिटल नेपालको एजेन्डा र अवधारणाहरूमा बृहत् छलफल हुनेछ। 

नेपाल सरकारले रूपान्तरणकारी परियोजनाको रूपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ। यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रूपान्तरणको प्रयास, नवीनतम प्रविधिहरू र यसका अभ्यासहरूसँग जोडेर सान्दर्भिक बहसहरू सञ्चालन गरिने आयोजक आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए। 

कन्क्लेभमा युवाहरूको इन्नोभेटिभ आइडियाहरूलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपालसम्बन्धी क्रिएसनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरूलाई पनि कार्यक्रममा समावेश गरिनेछ। सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरूलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ।

डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रूपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रमसमेत आयोजना गरिरहेको छ। कोभिड १९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रूपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रूपमा आयोजना भएको हो। 

गण्डकी, लुम्बिनी, मधेस र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेष्ठ पहिलो साता बाँकी ३ प्रदेशमा आयोजना हुनेछ। यस कार्यक्रमबाट प्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाको बारेमा पनि कन्क्लेभमा छलफल हुनेछ। यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दुरसञ्चार प्राधिकरणलगायतका महत्वपूर्ण संस्थाहरूको सहयोग तथा सहकार्य रहेको छ। 

कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरू दुरसञ्चार तथा नवीनतम प्रविधिहरूको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभरि तीन अर्बभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ। 

ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ। त्यसैगरी इन एसोसिएसनको रूपमा रहेको इन्फोडेभलपर्सले दुई दशकदेखि बैंकिङ तथा वित्तीय क्षेत्रलगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकास गरिरहेको छ।