मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ३ मंगलबार १७:५३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गुल्मीको कालिगण्डकीमा कांग्रेसका थापा निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १७:५३:००

गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । थापाले एक सय ३३ को मतान्तरसहित एमालेका राम्जी ढकाललाई पराजित गरेका हुन् । 

थापाले चार हजार आठ सय १० मत प्राप्त गरेका छन् भने, ढकालले चार हजार छ सय ७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । कालिगण्डकीमा कांग्रेस–जनमोर्चा र एमाले–माओवादी गठबन्धन भएको थियो । 

 उपाध्यक्षमा माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी भएकी छिन् । उनले जनमोर्चाकी तारा थापालाई एक सय मतान्तरले पराजित गरिन् । 
दर्लामीको चार हजार चार सय ८४ र थापाको चार हजार तीन सय ८४ मत रहेको थियो । थापा गत स्थानीय तहमा उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।