मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ ३ मंगलबार १३:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी अल्पमतमा परेको भन्दै रसुवामा माओवादी केन्द्रका पालिका इन्चार्जले दिए राजीनामा

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १३:०३:००

पार्टी अल्पमतमा परेको भन्दै रसुवामा नेकपा माओवादी केन्द्रका पालिका इन्चार्जले राजीनामा दिएका छन् । जिल्लाको कालिका गाउँपालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले पार्टीबाट राजीनामा दिएका हुन् । गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि सोमबार एक विज्ञप्ति निकाल्दै पार्टीबाट राजीनामा दिएको बताए । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।

कालिका गाउँपालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी चारवटा वडामा नेपाली कांग्रेसको प्यानलै आयो । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्यो।  कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा हरिकृष्ण देवकोटाले दुई हजार ६ सय २२ मत पाए । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार दुई सय ८३ मत पाए । माओवादीका उम्मेदवार सोमबहादुर तामाङ एक हजार पाँच सय २२ मतसहित तेस्रो भए । 

उपाध्यक्षमा कांग्रेसकी मीरा लामा दुई हजार आठसय १० मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी अम्बिका भट्टले दुई हजार दुई मत पाइन् ।  यस्तै नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटा एक हजार ४० मतसहित तेस्रो नै भए ।