मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ ३ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार १२:४०:००

रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।  अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले तीन हजार चार सय ७४ मत पाए । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय ४ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भूमे लामाले एक हजार नौ सय ५१ मत पाए । 

अन्तिम परिणामअनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्रा, वडा नम्बर ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, वडा नम्बर ४ मा कांग्रेसका ज्ञानी वाइबा, वडा नम्बर ५ मा कांग्रेसका श्यामबहादुर थिङ र वडा नम्बर ६ मा एमालेका योनुर्पु तामाङ विजयी भएका छन् ।

०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो ।