१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ३ मंगलबार ०७:२५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कपुरकोट गाउँपालिकामा माओवादी र  एकिकृत समाजवादीका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार ०७:२५:००

सल्यानको कपुरकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जित हाँसिल गरेका छन् ।  गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन तीन हजार एक सय ६० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन भने माओवादी केन्द्रका प्रकाश भण्डारी तीन हजार दुई सय ४० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन् । 

निकटतम प्रतिद्वन्दी एमालेका भिम बहादुर सेनले दुई हजार नौ सय ३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले दुई हजार सात  सय ४५ मत प्राप्त गरिन् । 
यस्तै कांग्रेसको तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा एक हजार पाँच सय ७२ र ओकी महताराले उपाध्यक्ष पदमा एक हजार पाँच सय ३९ मत प्राप्त गरे । राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले २७ मत प्राप्त गरे ।

वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहरा  पाँच सय ५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेसँग तालमेल गरेको राप्रपाले वडा नं ६ मा जित हात पारेको हो । कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

यस्तै वडा नं ३ मा नेपाली कांग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समिकरणबाट राप्रपाले जित हासिल गरेको छ ।