मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ जेठ २ सोमबार १८:०९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १८:०९:००

कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरलाई हराउँदै बोगटी तीन हजार ३०५ मतसहित विजयी भएका हुन् । सारुमगरले तीन हजार २८१ मत पाए ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भइन् । थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउँदले तीन हजार १२१ मत पाइन् ।