मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २ सोमबार १२:३४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भीमफेदीमा मिश्रित परिणामः प्रमुखमा एमालेका लामा, उपप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १२:३४:००

मकवानपुरको भीमफेदी गाउँपालिकामा मिश्रित परिणाम आएको छ । गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको मुख्य प्रतिस्पर्धा रहेको भीमफेदीमा मिश्रित परिणाम आएको हो । भीमफेदीको प्रमुखमा दोस्रो पटक एमालेका हिदम लामा विजयी भएका छन् ।

लामाले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई ३ सय ८२ मतान्तरले पराजित गरेका हुन् ।लामाले २०७४ मा पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै प्रमुखमा जितेका थिए । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका संजीव श्रेष्ठ झिनो मतान्तरले विजयी भए । श्रेष्ठले एमालेकी पार्वती रानालाई पराजित गरेका हुन् ।

राना यसअघि २०७४ मा उपप्रमुख बनेकी थिइन् । श्रेष्ठले रानालाई १६ मतान्तरले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार श्रेष्ठले पाँच हजार तीन सय १५ र रानाले पाँच हजार दुई  सय ९९ मत प्राप्त गरेका छन् ।