Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ जेठ २ सोमबार ०९:१७:००
Read Time : < 1 मिनेट
निर्वाचन

मतगणनाकै क्रममा धनुषाको धनौजीमा विवाद, झडप नियन्त्रण गर्न हवाई फायर 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ जेठ २ सोमबार ०९:१७:००

धनुषाको धनौजी गाउँपालिकामा मतगणनाकै क्रममा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । धनौजी गापा १ को लखौरी गाउँको मतगणा क्रममा पोलिङभन्दा बढी मतपत्र देखिएपछि विवाद भएको हो । 

विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको छ । गाउँपालिका वडा १ को मतगणा आइतबार रातिदेखि नै भइरहेको थियो । सोही क्रममा पोलिङभन्दा १५ वटा मतपत्र बढी देखिएपछि विवाद भएको स्थानीय सहादत राईले जानकारी दिए । 

सो गाउँपालिकामा वडा ३,४ र ५ को मतगणना सम्पन्न भइसकेको छ । यी वडाहरुमा नेपाली कांग्रेसका वडाका उम्मेदवारहरु विजयी भएका छन् भने गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।