मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
घनश्याम गौतम बागलुङ
२०७९ जेठ २ सोमबार ०८:२६:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गलकोट नगरपालिकाको प्रमुखमा गैरे उपप्रमुखमा निउरे विजयी

Read Time : > 1 मिनेट
घनश्याम गौतम बागलुङ
२०७९ जेठ २ सोमबार ०८:२६:००

गलकोट नगरपालिकाको नगर प्रमुखमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरे पाँच हजार ४ सय १४ मत सहित विजयी बनेका छन् ।  गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर प्रमुखको प्रतिस्प्रर्धामा रहेका  गैरे विजयी बन्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्ण बहादुर काउचाले तीन हजार पाँच सय १९ मत प्राप्त गरे ।

 त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरे ६ हजार ३९ मतसहित  विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रुपा विकले तीन हजार ५७ मत प्राप्त गरे । गलकोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रुपमा मन्जु शर्मा चालिसेले तीन हजार २ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टी डम्मर बहादुर के.सीले ६२ र स्वतन्त्र उम्मेद्वार दिपेन्द्र साहनीले ४० मत प्राप्त गरे ।  त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तिल बहादुर के.सीले एक हजार नौ सय ८१ मत प्राप्त गरे । 

गलकोट नगरपालिकामा वडा नम्वर १ को अध्यक्षमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना, वडा नम्वर २ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिम बहादुर भण्डारी, वडा नम्वर ३ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका फम बहादुर खत्री, वडा नम्वर ४ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बल बहादुर खत्री, वडा नम्वर ५ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पवन हमाल, वडा नम्वर ६ को अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम प्रसाद कडेंल, वडा नम्वर ७ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्वर ८ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्वर ९ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज बहादुर थापा, वडा नम्वर १० को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भक्त बहादुर काउचा, वडा नम्वर ११ को अध्यक्षमा नेकपा एमालेका डम्मर बहादुर श्रीस बिजयी बनेका छन् ।  कुल २४ हजार ४ सय ८६ मतदाता रहेको गलकोट नगरपालिकामा १४ हजार तीन सय ७१ मत खसेको थियो ।