मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २ सोमबार ०६:३४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०६:३४:००

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले दुई हजार पाँच सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले दुई हजार ८० मत पाए । 

यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले दुई हजार पाँच सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देकी तामाङले दुई हजार ८८ मत ल्याएर पराजित भइन् ।

यो पालिकामा ६ वटा वडा छन् । वडा नम्बर १ मा नेकपा एमालेका उर्केन छिरिङ तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङ, वडा नम्बर ३ मा नेकपा एमालेका मिङमार छिरिङ तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, वडा नम्बर ५ मा नेकपा एमालेका दावा मिङमार तामाङ र वडा नम्बर ६ मा नेकपा एमालेका दावा सिदार वाइबा विजयी भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा पाँच हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो ।