१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १ आइतबार ०९:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डमा सात अर्बको आइपिओ निष्कासनको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १ आइतबार ०९:१०:००

नेपाल धितोपत्र बोर्डमा सात अर्बबराबरको आइपिओ निष्कासनको तयारी भएकाे छ। बोर्डमा सूचीकृत २९ कम्पनीको तीन चरणमा कुल सात अर्ब नौ करोड ७९ लाखबराबरको ६ करोड ५७ लाख कित्ता सेयर निष्कासनको तयारी भएको हो। धितोपत्र बोर्डले आइपिओ निष्कासनलाई चार चरणमा विभाजन गरेको छ । निष्कासनको पहिलो चरणमा १७ कम्पनी रहेका छन् । प्रारम्भिक समीक्षाको चरणमा रहेका तीन करोड तीन लाख कित्ता सेयर प्रारम्भिक समीक्षाको चरणमा छन् ।

प्रारम्भिक समीक्षाको चरणमा सातवटा हाइड्रोपावर कम्पनीहरू तथा चारवटा माइक्रो फाइनान्स रहेका छन् । त्यस्तै, होटेल तथा पर्यटन एउटा र इन्स्योरेन्स कम्पनी एउटा रहेको छ । ‘अन्य’ कम्पनीअन्तर्गत एउटा कम्पनी र लगानीगत एउटा कम्पनी छन् ।   

 त्यसैगरी, दोस्रो चरणअन्तर्गत बोर्डले पहिलो आइपिओ निष्कासनका लागि अनुमति लिन आउने कम्पनीको अध्ययन र समीक्षा गरी थप टिप्पणीका लागि पठाइका कम्पनीहरूको संख्या सातवटा छन् । दुुई अर्ब ४९ करोड मूल्यबराबरको दुुई करोड ४९ लाख कित्ता सेयर यो चरणमा रहेका छन् । जसमा सबैभन्दा धेरै जलविद्युत् कम्पनीको रहेको छ । पाँचवटा जलविद्युत् कम्पनी, ‘अन्य’ कम्पनीअन्तर्गतको एउटा कम्पनी र इन्स्योरेन्स कम्पनी एउटा रहेको बोर्डले जनाएको छ । 

त्यसैगरी, अन्तिम समीक्षा गरी जवाफ पठाएका पाँचवटा कम्पनी रहेका छन् । बोर्डले कम्पनीलाई कागजात अपुुग भएको खण्डमा अन्तिमपटक जवाफ मागेर निष्कासनको अन्तिम चरणमा रहेका एक अर्ब तीन करोड ८४ लाख  मूूल्यबराबरको एक करोड तीन लाख ८४ हजार कित्ता सेयर छन् । जसमा चारवटा जलविद्युत् कम्पनी र एउटा माइक्रो फाइनान्स रहेको छ ।